Khabar Board
Flash logo up side
Nirbachan aayog

लुम्बिनीको तेस्रो जित, पोखराको तेस्रो हार

Nirbachan m

काठमाडौं ।

पोखरा एभेन्जर्सले पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा लगातार तेस्रो हार व्यहोरेको छ । टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा लुम्बिनी अल स्टारसँग ३ विकेटले पराजित हुँदै पोखराले तेस्रो हार व्यहोरेको हो । लुम्बिनीको भने यो लगातार तेस्रो जित हो ।पोखराले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले अन्तिम बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

लुम्बिनीका लागि कुशल भुर्तेलले ३९ तथा श्याड्ली भान स्कलक्लिकले अविजित ३१ रन बनाए । उन्मुक्त चन्दले २२ रन बनाए । अनिल शाहले १९ रन बनाउँदा गुलसन झा १० रनमा आउट भए । पोखराका लागि विपिन खत्री र कुशल मल्लले समान २/२ तथा प्रतिश जिशी,अभिमन्यु मिथुन र जाहिर खानले समान १/१ विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो ।

पोखराका लागि कुशल मल्लले ३१ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६१ रनको अर्धशतकिय ईनिङ खेले । १० ओभरमा २७ रन मात्र बनाएको पोखरा मल्लको बिष्फोटक ईनिङको सहयोगमा सम्मानजनक योगफल सम्म पुग्यो। उपुल थरंगाले ४२ रन जोड्दा अन्यले दोहारो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि श्याड्ली भान स्कलक्लिकले ३ तथा किशोर महतो र गुलसन झाले समान २/२ विकेट लिए । लगातार तेस्रो जित हात पारेको लुम्बिनी ३ खेलमा ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको छ । पोखरा ३ खेलमा अंक विहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.