Khabar Board
Flash logo up side
flash header

कुवेतलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल, यस्तो छ नेपालको सम्भावित प्लेईङ-११

Nirbachan m

काठमाडौं ।

नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा आज कुवेतसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु टोली नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।

नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान पक्का गर्न चाहन्छ । तर कुवेतदेखी भने नेपाल सजग छ । कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा कुवेतले मुलपानी मैदानमा २ सय ७२ रन बनाएको थियो । कुवेत पनि घरेलु टोली नेपाललाई स्तब्ध पार्दै फाइनलमा पुग्न चाहन्छ।

उता आजकै दोस्रो सेमिफाइनल खेलमा युएई र ओमानबीच मुलपानीमा प्रतिस्पर्धा हुनेछ । योसँगै मुलपानी मैदान विश्वको २ सय १६ औं ओडिआई मैदान बन्नेछ । नेपालले आजको टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ। नेपालले गुलशन झाको स्थानमा करण केसीलाई मौका दिने सम्भावना देखिन्छ ।

त्यसैले कुवेतविरुद्ध करणले मौका पाउने सम्भावना देखिन्छ । नेपालको ओपनरमा आसिफ शेख र कुशल भुर्तेल हुनेछन् । पछिल्ला केही खेलमा नेपालका ओपनरले राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

तेस्रो नम्बरमा भीम सार्की खेल्नेछन् । निरन्तर राम्रो प्रदर्शन गर्दै आएका भीमबाट टिमलाई ठूलो आशा रहने छ । चौथो नम्बरमा कप्तान रोहित पौडेल, पाँचौं नम्बरमा कुशल मल्ल र छैटौं नम्बरमा आरिफ शेख हुनेछन् ।

सातौंमा दीपेन्द्रसिंह ऐरी र आठौंमा नम्बरमा सोमपाल कामीले मौका पाउने सम्भावना रहेको छ । नवौं स्थानमा करण केसी र दशौं नम्बरमा सन्दीप लामिछानेले मौका पाउने सम्भावना रहेको छ । ललितनारायण राजवंशीले ११ नम्बरमा मौका पाउने सम्भावना रहेको छ ।

हेड ट हेड :

नेपालले कुवेतसँग ५० ओभरको खेलमा पछिल्लो पटक २०१२ मा खेलेको थियो । एसिसी इलिट ट्रफीमा नेपाल कुवेतसँग ४ विकेटले पराजित भएको थियो । पारस खड्का १ सय ६ र ज्ञानेन्द्र मल्लले ५३ रन बनाएपछि कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य कुवेतले ४६.२ ओभरमै पुरा गरेको थियो । नेपालले पछिल्लो पटक कुवेतसँग टि२० विश्वकप छनोट २०१९ मा खेलेको थियो ।

Center article

फाइनल सोमबार हुनेछ । यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । त्यस्तै आज सेमिफाइनलमा पराजित भएका दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । फाइनलमा पुग्ने दुई र तेस्रो स्थानमा रहने तीन टोली गरि ३ टोलीले आगमी जुनमा एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

मौसम :

आज काठमाडौंमा हल्का वर्षा हुने सम्भावना छ । यदि वर्षाको कारण नतिजा नभएमा खेल सुपर ओभरको हुनेछ । सुपर ओभर पनि हुन नसकेमा नेपाल र युएई समूह विजेताको रुपमा फाइनलमा स्थान बनाउनेछन् ।

कुवेतको टोली :

मोहम्मद अस्लाम (कप्तान), आदनान इद्रिस, सैयद मोनिब, उस्मान पटेल, बिलाल ताहिर, मोहम्मद अमिन, रजिवा संदरुवान, मित भावसार, शिराज खान, परविन्दर कुमार, यसिन इशक पटेल, क्लिन्टो एन्टो, शाहरुख कुद्दुस र इलियास अहमद ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.