Khabar Board

धोनीले छाडे चेन्नईको कप्तानी, रुतुराजले टाेलीकाे नेतृत्व गर्ने

काठमाण्डाै । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टिम चेन्नई सुपर किङ्ग्सको कप्तानी रुतुराज गायकवाडले सम्हाल्ने भएका छन् । आईपीएलको पहिलो संस्करण सन् २००८ देखि नै कप्तान रहेका महेन्द्रसिंह धोनीले आफ्नो कप्तानी आज गायकवाडलाई दिएका क्रिक इन्फोले जनाएको छ ।

सन् २०२२ मा रविन्द्र जडेजा कप्तान भए पनि टोलीको प्रदर्शन राम्रो नभएपछि पुनः धोनी नै कप्तान बनेका थिए । धाेनी आईपीएलका सफल कप्तानमा पर्छन् । उनकाे नेतृत्वमा चेन्नईले ५ पटक उपाधि जितेकाे छ ।

आईपीएलको १७औँ संस्करण भाेलिदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा चेन्नई र रोयल च्यालेन्जर्स बेङ्गलाेर खेल्दैछन् ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.