काठमाडौं । नेपाल टी-२० क्रिकेट लिगमा ‘स्पट फिक्सिङ’ गरेको अभियोग लागेका क्रिकेटरहरु सफाइ पाएका छन् ।
केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा २०७९ फागुन ५ गते मुद्दा दर्ता गरिएको थियो ।
जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद पोखरेललेका एकल इजलासले अभियोग लागेका सवै क्रिकेटरले सफाई पाएका हुन् ।
न्यायाधीश पोखरेलको इजलासले अन्तिम फैसला गर्दै दावी नपुग्ने उल्लेख गरेका छन् । फैसलासँगै क्रिकेटहरुहरु मोहमद आदिल अन्सारी, मेहबुब आलम, नितेश साह, नविन कँडेल र रवि मार्फीले सफाई पाएका हुन् ।
सीआइबीले त्यतिबेला टी २० लिगबारे अनुसन्धान गर्ने छनक पाएपछि प्रतियोगिता व्यवस्थापनको जिम्मा लिएको भारतीय कम्पनी सेभेन-३ स्पोर्टका सञ्चालक फरार भएका थिए ।
कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भए पनि उनलाई भने विपक्षी नबनाई अदालतमा मुद्दा दर्ता भएको थियो ।