काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल)मा पन्जाब किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई जितका लागि १ सय ७७ रनको लक्ष्य दिएको छ ।
बेंगलोरको घरेलु मैदान एम चेन्नास्वामीमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो ।
पन्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाए । प्रभसिमरन सिंहले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा २५ रन बनाए । जितेश शर्माले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २७ रन बनाए । शंशाक सिंहले ८ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २१ रन बनाए । साम करनले १७ बलमा ३ चौकाको सहयोगमा २३ रन बनाए ।
बेंगलुरुका लागि ग्लेन म्याक्सबेल र मोहम्मद सिराजले समान २२ तथा अल्जारी जोसेप र यस दयालले समान १ विकेट लिए ।
पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको पन्जाब बेंगलुरुलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने चाहन्छ । चेन्नईसँग पहिलो खेलमा पराजित बेंगलुरु पहिलो जित निकाल्न चाहन्छ ।