काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल)मा पन्जाब किंग्समाथि रोयल च्यालेन्जर्स बेंगलुरुले जित निकालेको छ ।घरेलु मैदान एम चेन्नास्वामीमा यस सिजनको पहिलो जित निकाल्नेक्रममा बेंगलुरुले पन्जाबलाई ४ विकेटले पराजित गर्यो ।
पन्जाबले दिएको १ सय ७७ रनको लक्ष्य बेंगलुरुले १९ दशमलब २ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुका लागि विराट कोहलीले ४९ बलमा ११ चौका र २ छक्काको सहयोगमा ७७ रन बनाए । दिनेश कार्तिकले १० बलमा ३ चौका र २ छक्काको सहयोगमा अविजित २८ रन बनाए । महिपाल लुमरोरले ८ बलमा २ चौका र १ छक्काको सहयोगमा अविजित १७ रन बनाए ।
अनुज रावतले १४ बलमा ११ रन बनाए । रजत पाटीदारले १८ बलमा १ चौका र १ छक्काको सहयोगमा १८ रन बनाए ।कप्तान फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल र क्यामरुन ग्रीनले समान ३ रन मात्र बनाए ।
पन्जाबका लागि हरप्रित ब्रार र काकिसो रबाडाले समान २२ तथा हर्षल पटेल र साम करनले समान १/१ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।
पन्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाए । प्रभसिमरन सिंहले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा २५ रन बनाए ।
जितेश शर्माले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २७ रन बनाए । शंशाक सिंहले ८ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २१ रन बनाए । साम करनले १७ बलमा ३ चौकाको सहयोगमा २३ रन बनाए ।
बेंगलुरुका लागि ग्लेन म्याक्सबेल र मोहम्मद सिराजले समान २/२ तथा अल्जारी जोसेप र यस दयालले समान १ विकेट लिए । दोस्रो खेलमा पहिलो जित निकालेको बेंगलुरु अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ । दोस्रो खेलमा एक जितका साथ पन्जाब पाँचौ स्थानमा छ ।