Khabar Board
Flash logo up side
flash header

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ब्याटिङमा, प्लेइङ-११ मा दुई परिवर्तन

Nirbachan m

काठमाडौं । आयरल्याण्ड ‘ए’ सँगको टी–२० सिरिजको दोस्रो तथा अन्तिम खेलमा घरेलु टिम नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपाल र आयरल्याण्ड ‘ए’ बीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदैछ ।

नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज दीपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीलाई विश्राम दिएर अनिल साह र विवेककुमार यादवलाई मौका दिएको छ ।

नेपालले सिरिजमा १–० को अग्रता लिएको छ । पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।

Center article

नेपालको प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, रोहित पौडेल (कप्तान), गुलशन झा, कुशल मल्ल, सन्दीप जोरा, विवेककुमार यादव, करण केसी, सोमपाल कामी र अविनाश बोहरा ।

बेन्च : दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, प्रतिश जिसी र आकाश चन्द ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.