Khabar Board
Flash logo up side
flash header

नेपालले दुवै ओपनर गुमायो

Nirbachan m

काठमाडौँ। नेपालले दुवै ओपनर गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले तेस्रो ओभरको पाँचौँ बलमा पहिलो विकेट गुमाएको थियो।नेपालका ओपनर आसिफ शेख ९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रनमा आउट भए।

उनी म्याथ्यु फोस्टरको बलमा स्टेफन डोहेनीबाट क्याच आउट भएका हुन्। पाँचौँ ओभरको तेस्रो बलमा कुशल भुर्तेल पनि फोस्टरको बलमा स्टेफनबाट क्याच आउट भए। कुशलले १६ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाए।

Center article

नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज दीपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीलाई विश्राम दिएर अनिल साह र विवेकुमार यादवलाई मौका दिएको छ । नेपालले सिरिजमा १–० को अग्रता लिएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.