तेस्रो विकेट गुमायो नेपालले, अनिलले पनि खेल्न सकेनन् ठूलो पारी

Image

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्धको टी–२० सिरिजको अन्तिम खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रूपमा अनिल साहलाई गुमाएको हो ।

उनी ६.५ ओभरमा फिओन ह्यान्डको बलमा क्याच आउट भए । अनिलले आज ११ बलमा दुई चौकासहित १२ रन मात्र जोड्न सके । नेपालले दोस्रो विकेटको रूपमा कुशल भुर्तेललाई गुमायो । उनी ४.३ ओभरमा म्याथ्यू फोस्टरको बलमा क्याच आउट भए ।

कुशलले आज १६ बलमा दुई चौका र दुई छक्कासहित २५ रनको पारी खेले । नेपालले पहिलो विकेटको रूपमा आसिफ शेखलाई गुमायो । उनी २.५ ओभरमा म्याथ्यू फोस्टरको बलमा ११ रनमा आउट भए । नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो ।

नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज दीपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीलाई विश्राम दिएर अनिल साह र विवेकुमार यादवलाई मौका दिएको छ । नेपालले सिरिजमा १–० को अग्रता लिएको छ ।

पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।