नेपालले आयरल्यान्डलाई दियो १९९ रनको लक्ष्य

Image

काठमाडौँ। कुशल मल्लको आक्रमक ब्याटिङसँगै नेपालले आयरल्यान्ड वुल्भ्सलाई १९९ रनको लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९८ रन बनायो ।

नेपालका लागि गुलसन झाले ३२ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४६ रन बनाए । कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३४ रन बनाए । कप्तान रोहितकुमार पौडेलले २४ बलमा ५ चौकाको सहयोगमा ३३ रन बनाए । कुशल भुर्तेलले १६ बलमा २ चौका र २ छक्काको सहयोगमा २५ रन बनाए ।

आसिफ शेखले ९ बलमा ११ रन बनाए । अनिल शाहले ११ बलमा १२ रन बनाए । आयरल्यान्डका लागि म्याथ्यु फोस्टरले ३ तथा बेन व्बाइटले २ विकेट लिए ।

नेपालले सोमबार भएको सिरिजको पहिलो खेल ६ विकेटले जितेको थियो । यो खेल जितेर सिरिज क्लिन स्विपको लक्ष्यमा नेपाल रहेको छ । आयरल्यान्ड पनि जितका साथ सिरिजमा बराबरी गर्न चाहन्छ ।