आइपिएलमा चेन्नई सुपर किंग्सको लगातार दोस्रो जित, गुजरातको फराकिलो हार

Image

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल)को सातौं खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले गुजरात जाईन्ट्सलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान एम ए चितम्बरम क्रिकेट स्टेडियममा चेन्नई ६३ रनले विजयी भयो । चेन्नईले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १सय ४३ रन मात्र बनाउँन सक्यो ।

गुजरातका लागि साई सुदर्शनले ३१ बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ३७ रन बनाए । ओपनर रिद्धिमान शाह र डेबिड मिलरले समान २१/२१ रन बनाए । विजय शंकरले १२ बलमा १२ तथा अजमतुल्लाह उमरजाईले १० बलमा ११ रन बनाए ।

चेन्नईका लागि मुस्ताफिजुर रहमान, दिपक चहर र तुसारदेश पान्डेले समान २/२ तथा ड्यारियल मिचेल, मथिशा पथिरानाले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

चेन्नईका लागि शिभम दुवेले २३ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । ओपनरद्वय रचिन रविन्द्र र कप्तान ऋतुराज गायकवाडले समान ४६/४६ रन बनाए । रविन्द्रले २० बलमा ६ चौका र २ छक्का प्रहार गरे । कप्तान गायकवाडले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

चेन्नईका लागि पहिलो विकेटका लागि ३२ बलमा ६२ रनको सानदार साझेदारी सहित राम्रो सुरुआत भएको थियो । तेस्रो नम्बरमा ब्याटिङमा आएका अजिङ्का राहाणेले १२ बलमा १२ रन बनाए । ड्यारियल मिचेलले २० बलमा २ चौकाको सहयोगमा अविजित २४ रन बनाए । समिर रिज्भिले ६ बलमा २ छक्काको सहयोगमा १४ रन बनाए । रविन्द्र जडेजा ७ रनमा अविजित रहे ।

गुजरातका लागि राशिद खानले २ तथा मोहित शर्मा, स्पेन्सर जोनसन र साई किशोरले समान १/१ विकेट लिए । लगातार दुई खेलमा विजयी चेन्नई ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । पराजित गुजरात २ अंकका साथ छैटौं स्थानमा झरेको छ ।