काठमाडौँ। नेपाल ‘ए’ले पहिलो विकेट गुमाएको छ।
आयरल्यान्ड उल्भ्सले दिएको २२५ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटको रूपमा लोकेश बमलाई गुमाएको हो। लोकेशले १३ बलमा ३ चौका र २ छक्कासहित २५ रन बनाए। उनी फिओन ह्यान्डको बलमा विकेटकिपर निल रकबाट क्याच आउट भए।