Khabar Board

नेपालले गुजरातविरुद्ध टस हार्यो, दीपेन्द्र र करण बेन्चमा

काठमाडौं ।  एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको चौथो खेलमा नेपालले टस हारेको छ । गुजरातका कप्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले आज टोलीमा दुई परिवर्तन समेत गरेको छ । लगातार दुई खेल खेलेका दीपेन्द्र सिंह ऐरी र करन केसीले आज आराम पाएका छन् भने टोलीमा प्रतिश जिसी र विवेक यादवले उनीहरूको स्थान लिएका छन् ।

खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे वापिस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा हुनेछ ।

नेपाली टोली: रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, विवेक यादव, अनिल शाह, गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहरा

बेन्च: ललित राजवंशी, करन केसी, दीपेन्द्र सिंह ऐरी, आकाश चन्द

नेपाली टोली लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई नै ८ विकेटले हराएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा गुजरात ९८ रनमा अल आउट भएको थियो ।

उक्त खेलमा गुलसन झाले चार, करण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिएका थिए । जवाफी ब्याटिङमा कप्तान रोहित ३३ र अनिल साह ३२ रनमा नटआउट रहे ।

दोस्रो खेलमा गुजरातले बरोडालाई ५ विकेटले पराजित गरेको थियो । बरोडाले १ सय ४२ रन जोड्ने क्रममा परीक्षित पाटिडारको सर्वाधिक ३७ र अभिमन्यु राजपुतले ३२ रनको साथ पाएको थियो । गुजरातले १८ ओभरमा लक्ष्य पूरा गरेको थियो ।

तेस्रो खेलमा हिजो नेपाल २७ रनले विजयी भएको थियो । नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १२९ रन मात्र जोड्यो । एक अवस्थामा २२-५ रहेकोमा बरोडाले इनिङ सम्हालेर सम्मानजनक स्कोर सम्म आफूलाई पुर्याएको थियो ।

नेपाल एसीसी मेन्स प्रिमियर कप र टी२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.