Khabar Board

कमलको ह्याट्रिकका बाबजुद आयरल्याण्डसँग नेपाल ‘ए’ २१ रनले पराजित

काठमाडौं । तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा कमल सिंह ऐरीको ह्याट्रिकको बाबजुद आयरल्यान्ड वुल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा आयरल्यान्ड २१ रनले विजयी भएको हो । पहिलो खेल जितसँगै आयरल्यान्डले सिरिजमा १-० को अग्रता बनाएको छ ।

आयरल्यान्डले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालको ब्याटिङ नचल्दा २५ दशमलब ३ ओभरमा अल आउट हुदै १ सय ३६ रन बनायो ।

नेपालका लागि साहब आलमले ३४ बलमा सर्वाधिक ३७ तथा ओपनर देव खनालले २२ बलमा २६ रन बनाए । बसिर अहमदले २१ बलमा २० तथा रिजन ढकालले बलमा रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ३५ ओभरमा कुनै विकेट नगुमाएको नेपालले रन जोड्दा बाँकी १० विकेट गुमाएको थियो ।

आयरल्यान्डका लागि म्याथ्यु ह्यापियरले १० ओभरमा ३२ रन खर्चिएर ५ विकेट लिए ।

त्यसअघि नेपालका कमलसिंह ऐरीको ह्याट्रिकको सहयोगमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ३८ दशमलब ३ ओभरमा अल आउट हुँदै १ सय ५७ रन मात्र बनाएको थियो ।

आयरल्यान्डका लागि केड क्रामिकलले ७७ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान निल रकले ३२ बलमा ३९ तथा पीजे मोरले ३४ बलमा २१ रन बनाए ।

नेपालका लागि तीव्र गतिका बलर कमलसिंह ऐरी ह्याट्रिकसहित चार विकेट लिएका हुन् । कमलले ३९ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिदै ह्याट्रिक पूरा गरेका थिए ।

साहाब आलम र मौषम ढकालले समान २/२ तथा रिजन ढकालले १ विकेट लिए । सिरिज अन्तर्गतको दोस्रो खेल शुक्रबार र तेस्रो तथा अन्तिम खेल आईतबार हुनेछ ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.