Khabar Board
Flash logo up side
flash header

साहब आमले नै लिए पाँचौँ विकेट

Nirbachan m

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोलीले आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट लिएको छ । आयरल्यान्डको पाँचौँ विकेट पनि साहब आलमले नै लिए । उनले आयरल्यान्डका छैटौँ नम्बरका ब्याट्सम्यान गारेथ डेलानीलाई भीम सार्कीद्वारा क्याच गराए ।

Center article

डेलानीले खातासम्म खोल्न सकेनन् । साहब आलमले लिएको यो तेस्रो विकेट हो । नवौँ ओभरको अन्तिम बलमा डेलानी आउट हुँदा आयरल्यान्डले केवल ३४ रन बनाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

नेपाल ‘ए’को प्लेइङ ११ : विनोद भण्डारी (कप्तान), देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रिजन ढकाल र मौसम ढकाल ।

नेपालको बेन्च : रञ्जित कुमार, रुपेशसिंह, अर्जुन कुमाल र विकाश आग्री ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.