काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोलीले आयरल्यान्ड ‘ए’ को आठौँ विकेट लिएको छ । आयरल्यान्डको आठौँ विकेट रिजन ढकालले लिएका हुन् । उनले आयरल्यान्डका आठौँ नम्बरका ब्याट्सम्यान गाभिन होएलाई परिवर्तित खेलाडी रुपेश सिंहद्वारा क्याच गराएका हुन् ।
रिजन ढकालले लिएको यो दोस्रो विकेट हो । गोभिन होएले आयरल्यान्डका लागि महत्त्वपूर्ण पाली खेले । पेभेलियन फर्किनुअघि उनले ५९ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले ५० रन बनाए ।
३२औँ ओभरको अन्तिम बलमा गाभिन होए आउट हुँदा आयरल्यान्डले एक सय ४८ रन बनाइसकेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
नेपाल ‘ए’को प्लेइङ ११ : विनोद भण्डारी (कप्तान), देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रिजन ढकाल र मौसम ढकाल ।
नेपालको बेन्च : रञ्जित कुमार, रुपेशसिंह, अर्जुन कुमाल र विकाश आग्री ।