Khabar Board

पहिलो विकेट गुमायो नेपालले

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले पहिलो ओभरमै विकेट गुमाएको छ ।

नेपालको पहिलो विकेटका रुपमा ओपनर देव खनाल पेभेलियन फर्किएका हुन् । देवले खातासम्म खोल्न सकेनन् । उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले स्टिफन डोहेनीद्वारा क्याच गराए । देव पहिलो ओभरको तेस्रो बलमै पेभेलियन फर्किएका हुन् ।

त्यसअघि गेभिन होईको अर्धशतकमा आयरल्यान्ड उल्भ्सले तीन एक दिवसीय शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई १७५ रनको लक्ष्य दिएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको हो।

आयरल्यान्डका गेभिन होईले सर्वाधिक ५० रन बनाए। उनले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। उनले आठौँ विकेटका लागि लियाम म्याकार्थीसँग ५४ रनको साझेदारी गरे।

यस्तै, कप्तान नील रकले ३८ बलमा ३ चौकासहित ४४ रन बनाए। लियाम म्यार्क्थी ३५र पिटर मुरले १७ रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका रिजन ढकाल र शाहब आलमले ३/३ विकेट लिए। श्याम ढकालले २ विकेट लिँदा कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.