Khabar Board

नेपालको कमजोर ब्याटिङ, ३४ रनमै गुमायो चार विकेट

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको हो ।

उनलाई आयरल्यान्डका बलर म्याथ्यू हमफ्रेयसले पिटर मुरद्वारा क्याच गराएका हुन् । पेभेलियन फर्किनुअघि भीमले २१ बलमा एक छक्का र दुई चौकाको मद्दतले १७ रन बनाएका थिए । नवौँ ओभरको अन्तिम बलमा भीम आउट हुँदा नेपालले ३४ रन बनाएको छ ।

नेपालले तेस्रो विकेटका रुपमा अर्जुन साउदलाई गुमाएको हो । ओपनर ब्याट्सम्यान अर्जुनलाई पाँच रनको ब्यक्तिगत स्कोरमा आयरल्यान्डका बलर म्याथ्यू हमफ्रेयसले कप्तान निल रकद्वारा क्याच गराए ।

दोस्रो विकेटका रुपमा नरेन भट्टलाई ६ रनको ब्यक्तिग स्कोरमा गुमाएको हो । उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले परिवर्तित खेलाडी कार्मिचलद्वारा क्याच गराएका हुन् ।

नेपालको पहिलो विकेटका रुपमा ओपनर देव खनाल पेभेलियन फर्किएका हुन् । देवले खातासम्म खोल्न सकेनन् । उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले स्टिफन डोहेनीद्वारा क्याच गराए । देव पहिलो ओभरको तेस्रो बलमै पेभेलियन फर्किएका हुन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.