Khabar Board
Flash logo up side
flash header

चेन्नईले दियो हैदराबादलाई १६६ रनको लक्ष्य

Nirbachan m

काठमाडौं । १७ औं संस्करणको इण्डियन प्रिमियर लिग(आइपीएल)को १८ औं खेलमा चेन्नई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई १ सय ६६ रनको लक्ष्य दिएको छ ।

Center article

हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनायो ।

चेन्नईका लागि शिभम दुवेले २४ बलमा २ चौका र ४ छक्काको सहयोगमा ४५ रन बनाए । अजिङ्का राहाणेले ३० बलमा २ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए । कप्तान ऋतुराज गायकवाडले २१ बलमा २६ तथा ड्यारियल मिचेलले ११ बलमा १३ रन बनाए ।

हैदराबादका लागि टि नटराजन, प्याट कमिस, भुवेनेश्वर कुमार, जयदेव उन्नादकड र शाहबाज अहमदले समान १/१ विकेट लिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.