Khabar Board
Flash logo up side
flash header

के कुलदीपले आईपीएलका केही खेल गुमाउन सक्छन् ?

Nirbachan m

काठमाडौं । कुलदीप यादवले तिघ्राको चोटका कारण आईपीएल २०२४ मा दिल्ली क्यापिटल्सका लागि आगामी केही खेल गुमाउन सक्ने भएका छन् । उनी पछिल्ला दुई खेलबाट टिम बाहिर थिए ।

Center article

ईएसपीएन क्रिकइन्फोको रिपोर्ट अनुसार, कुलदीपलाई सावधानीका रूपमा आराम गर्न सल्लाह दिइएको छ । उनी फेरि कहिले खेल्न तयार हुनेछन् भन्ने बारे कुनै पुष्टि भएको छैन ।

यद्यपि कुलदीपको चोट गम्भीर छैन । उनी क्यापिटल्सको टोलीसँग यात्रा गरिरहेका छन् र हाल मुम्बईमा छन् जहाँ टोलीले आफ्नो अर्को खेल अप्रिल ७ मा मुम्बई इन्डियन्ससँग खेल्नेछ।

कुलदीपले टोलीका लागि पछिल्लो दुई खेल गुमाइसकेका छन् । चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा उनी प्लेइङ इलेभेनमा थिएनन्। कुलदीपले यो सिजन क्यापिटल्सबाट पहिलो दुई खेल खेले, पञ्जाब किंग्स र दोस्रो राजस्थान रोयल्सविरुद्ध । जसमा उनले तीन विकेट लिए ।

उनले आफ्नो अर्को खेल विशाखापट्टनममा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सविरुद्धको खेल गुमाए । क्यापिटल्सले चेन्नईविरुद्ध जीत हासल गरे पनि कोलकाताविरुद्ध १०६ रनले पराजति भएको थियो ।

वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा जुन १ बाट सुरु हुने टी-२० विश्वकपको लागि भारतको टोलीमा स्पिन स्लटहरू मध्ये एक लिनको लागि उनी अग्रपंक्तिमा रहेकाले कुलदीपलाई भारतीय टोलीका चयनकर्ताहरूले नजिकबाट हेरिरहेका छन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.