Khabar Board

सनराईजर्स हैदरावादलाई लाग्यो ठुलो झटका, आईपीएलबाट बाहिरिने भए यी खेलाडी

काठमाडौँ । सनराइजर्स हैदराबादका लेग स्पिनर वानिन्दु हसरंगा बायाँ खुट्टामा लगातार दुखाइका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) गुमाउने भएका छन्।

हसरंगा चोटका कारण हैदरावाद टोलीमा सामेल भएका थिएनन्। ईएसपीएन क्रिकइन्फोका अनुसार श्रीलंका क्रिकेटले सिजनको लागि उनको अनुपलब्धताको बारेमा बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)लाई जानकारी गराएको छ। हसरंगाको प्रतिस्थापन भने अझै पक्का भइसकेको छैन तर हैदरावादले यसबारे सोचिरहेको बताइएको छ ।

मार्चमा बंगलादेशमा श्रीलंकाका लागि सीमित ओभरको शृंखला खेल्दा उनको देब्रे खुट्टामा दुखाइ भएको थियो, जसको श्रीलंका क्रिकेटका मेडिकल स्टाफले उपचार गरेका थिए। उनी आईपीएल खेल्न श्रीलंका क्रिकेटबाट अनुमति लिनुअघि विज्ञको सल्लाह लिन विदेश जान लागेका थिए । हैदरावादका मुख्य प्रशिक्षक ड्यानियल भेट्टोरीले बिहीबार हसरङ्गाले दुबईमा विशेषज्ञसँग सल्लाह गरेको र प्रतियोगिताबाट बाहिरिने खबर बाहिर आएको बताए ।

हसरंगालाई डिसेम्बरमा भएको लिलामीमा हैदरावादले १ करोड ५० लाख भारू किनेको थियो । यसअघि उनले रोयल च्यालेन्जर्स बेंगलुरूबाट आईपीएल खेलिसकेका छन्। सन् २०२२ को आईपीएल अक्सनमा बेंगलुरूले उनलाई १० करोड ७५ लाख भारुमा खरिद गरिएको थियो। उनले २०२२ को सिजन उत्कृष्ट खेलेका थिए जहाँ उनले ७.५४ को इकोनोमीमा २६ विकेट लिएका थिए तर २०२३ मा मात्र ८ खेल खेलेर ८.९ को इकोनोमीमा मात्र ९ विकेट लिन सफल भए।

हसरङ्गा टूर्नामेंटसम्म रिकभर भएमा जुन १ देखि संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा श्रीलंकाको टोलीको महत्वपूर्ण भूमिका हुनेछ ।

यस महिनाको सुरुमा हसरंगाले बंगलादेश विरुद्धको तेस्रो एकदिवसीयमा धारा २.८ उल्लङ्घन गरेकोमा आठ डिमेरिट अंक पाएपछि श्रीलंकाविरुद्धको टेस्ट शृंखलाबाट निलम्बन गरिएको थियो। यसैबीच उनले टेस्टबाट सन्यास फिर्ता लिएका थिए, यदि उनले त्यसो नगरेको भए उनले टी–२० विश्वकपका केही खेल गुमाउनु पर्ने थियो ।

यद्यपी श्रीलंका क्रिकेटले विज्ञप्ति जारी गर्दै हसरंगाले टी–२० विश्वकप खेल्न नसकेका कारण टेस्टबाट सन्यास फिर्ता लिएको छैन । उनले भनेका थिए कि १६ मार्चमा हसरंगाले उनको फिटनेस स्तरमा सुधार भएकोले टेस्ट क्रिकेटमा फर्कन आग्रह गर्दै इमेल लेखेका थिए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.