Khabar Board
Flash logo up side
flash header

आयरल्यान्ड ‘ए’सँग एक दिवसीय सिरिजको फाइनल खेल्दै नेपाल ‘ए’

Nirbachan m

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वल्भ्स र नेपाल ए बीचको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम खेल आज हुदै छ ।

Center article

खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेबाट सुरु हुदै छ । पहिलो र दोस्रो एकदिवसीय पराजित नेपाल यो खेल जित्दै सिरिज क्लिन स्विप हुनबाट जोगाउन चाहन्छ । उता, आयरल्यान्ड यस खेलमा जित निकाल्दै सिरिज क्लिन स्विप गर्न चाहन्छ ।

पहिलो एकदिवसीय २१ तथा दोस्रोमा नेपाल १ सय १४ रनले पराजित भएकोल थियो । दुवै खेलमा नेपालले कमजोर ब्याटिङ गरेको थियो । गतसाता सम्पन्न तीन खेलको टी-ट्वान्टी सिरिज पनि वुल्भ्सले २-१ ले जितेको थियो ।

एकदिवसीय सिरिजका लागि आयरल्यान्डले टी-ट्वान्टी खेलकै टोली खेलाउँदा नेपाली टोलीमा भने केही परिवर्तन भएको छ । नेपाली टोलीमा भीम सार्की, अर्जुन साउद, अर्जुन कुमाल, रिजन ढकाल जस्ता खेलाडी थपिएका छन् । नेपाली कप्तानमा भने विनोद भन्डारीको निरन्तरता रहेको छ ।

नेपाली टोली:  विनोद भण्डारी(कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, रन्जित कुमार, साहाब आलम, रुपेश सिंह, रिजन ढकाल, विकाश आग्री, मौषम ढकाल ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.