काठमाडौं ।आयरल्याण्ड वल्भ्सविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर विकास आग्रीले दिलाएका छन् ।
उनले ५.३ ओभरमा ओपनर जेम्स म्याकलमलाई ९ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । म्याकलमलाई पवेलियन फर्काउनेक्रममा विकेटकिपर अर्जुन साउदले उत्कृष्ट क्याच गरे।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले आज टस हारेर बलिङ पाएको हो । नेपालले आज प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ । आरिफ शेख, श्याम ढकाल, कमल सिंह ऐरी र बसिर अहमद बेन्चमा छन् । वल्भ्सले पनि टोलीमा ३ परिवर्तन गरेको छ ।
तीन खेलको सिरिज नेपालले एक खेल अगावै पाहुना टिमलाई सुम्पिसकेको छ । नेपाल ‘ए’ आजको खेल जितेर ‘क्लिन स्विप’ बाट जोगिन पूरा कोसिस गर्नेछ । अघिल्लो दुई खेलमा नेपाल खराब ब्याटिङका कारण पराजित भएको थियो ।
नेपालको टोली : विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, साहब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल र विकास आग्री
आयरल्यान्ड वल्भ्स : निल रक, केड कार्माइकल, स्टेफन डोहनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, जेम्स मकलम, पिजे मुर, मोर्गन टपीङ, बेन ह्वाइट