Khabar Board

आयरल्याण्डविरुद्ध रिजन ढकालले दिलाए नेपाललाई चौथो सफलता

काठमाडौं । आयरल्याण्ड वल्भ्सविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाललाई चौथो सफलता तीव्र गतिका बलर रिजन ढकालले दिलाए । उनले २८.४ ओभरमा मोर्गन टपिङलाई २१ रनमा एल्बीडब्लू धरापमा पारे ।

यस्तै तेस्रो विकेट स्पिनर रञ्चित कुमारले लिएको थिए । उनले १६.२ ओभरमा केड कार्माइकललाई ८ रनमा बोल्ड गरे । दोस्रो सफलता स्पिनर साहब आलमले दिलाए थिए। उनले १३.२ ओभरमा आक्रामक ब्याटर पिजे मूरलाई आउट गरे । मूरले २५ बलमा पाँच छक्का र दुई चौकासहित ४४ रन बनाएर आउट भए । नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर विकास आग्रीले दिलाए थिए । उनले ५.३ ओभरमा ओपनर जेम्स म्याकलमलाई ९ रनमा आउट गरेका थिए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले आज टस हारेर बलिङ पाएको हो । नेपालले आज प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ । आरिफ शेख, श्याम ढकाल, कमल सिंह ऐरी र बसिर अहमद बेन्चमा छन् । वल्भ्सले पनि टोलीमा ३ परिवर्तन गरेको छ ।

तीन खेलको सिरिज नेपालले एक खेल अगावै पाहुना टिमलाई सुम्पिसकेको छ । नेपाल ‘ए’ आजको खेल जितेर ‘क्लिन स्विप’ बाट जोगिन पूरा कोसिस गर्नेछ । अघिल्लो दुई खेलमा नेपाल खराब ब्याटिङका कारण पराजित भएको थियो ।

नेपालको टोली : विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, साहब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल र विकास आग्री

आयरल्यान्ड वल्भ्स : निल रक, केड कार्माइकल, स्टेफन डोहनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, जेम्स मकलम, पिजे मुर, मोर्गन टपीङ, बेन ह्वाइट

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.