Khabar Board

आयरल्याण्डको छैटौँ विकेट पतन, रञ्चित कुमारलाई दोस्रो सफलता

काठमाडौं । आयरल्याण्ड वल्भ्सविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाललाई छैटौँ सफलता मिलेको छ । नेपाललाई छैटौँ सफलता स्पिनर रञ्जित कुमारले दिलाए ।  उनले ३३.१ ओभरमा केभिन होयलाई १४ रनमा बोल्ड गरे ।

तीव्र गतिका बलर रिजन ढकालले पाँचौं र चौथो विकेट  ३०.५ ओभरमा कप्तान निल रकलाई १ रन तथा २८.४ ओभरमा मोर्गन टपिङलाई २१ रनमा एल्बीडब्लू धरापमा पारे ।आयरल्याण्डको तेस्रो विकेट स्पिनर रञ्चित कुमारले लिए । उनले १६.२ ओभरमा केड कार्माइकललाई ८ रनमा बोल्ड गरे ।

आयरल्याण्डको दोस्रो विकेट स्पिनर साहब आलमले लिए । उनले १३.२ ओभरमा आक्रामक ब्याटर पिजे मूरलाई आउट गरे । मूरले २५ बलमा पाँच छक्का र दुई चौकासहित ४४ रन बनाएर आउट भए । आयरल्याण्डको पहिलो विकेट तीव्र गतिका बलर विकास आग्रीले लिए । उनले ५.३ ओभरमा ओपनर जेम्स म्याकलमलाई ९ रनमा आउट गरे ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले आज टस हारेर बलिङ पाएको हो । नेपालले आज प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ । आरिफ शेख, श्याम ढकाल, कमल सिंह ऐरी र बसिर अहमद बेन्चमा छन् । वल्भ्सले पनि टोलीमा ३ परिवर्तन गरेको छ ।

तीन खेलको सिरिज नेपालले एक खेल अगावै पाहुना टिमलाई सुम्पिसकेको छ । नेपाल ‘ए’ आजको खेल जितेर ‘क्लिन स्विप’ बाट जोगिन पूरा कोसिस गर्नेछ । अघिल्लो दुई खेलमा नेपाल खराब ब्याटिङका कारण पराजित भएको थियो ।

नेपालको टोली : विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, साहब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल र विकास आग्री

आयरल्यान्ड वल्भ्स : निल रक, केड कार्माइकल, स्टेफन डोहनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, जेम्स मकलम, पिजे मुर, मोर्गन टपीङ, बेन ह्वाइट

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.