Khabar Board
Flash logo up side
flash header

रोहितकुमार पौडेलको अर्धशतकमा गुजरातलाई १७७ रनको लक्ष्य

Nirbachan m

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकको सहयोगमा एसएमएस फ्रेन्डसिप कपको फाइनल खेलमा नेपालले गुजरातको टिमलाई रनको लक्ष्य दिएको छ ।

Center article

गुजरातमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४७ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ७४ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर आसिफ शेखले ३४ बलमा २ चौका र १ छक्काको सहयोगमा ३४ रन बनाए ।

कुशल मल्लले १३ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ३१ रन बनाए । कुशल भुर्तेलले २१ बलमा १९ रन बनाए ।

गुजरातका लागि जयमित पटेल, तेजस पटेल, शन पटेल र जाला युवराजले समान एक एक विकेट लिए ।

 

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.