काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले यस सिजनको पहिलो जित हासिल गरेको छ । यस अघि लगातार तीन खेलमा हार बेहोरेको मुम्बईले आइतबार दिल्लीलाई २९ रनले पराजित गरेको हो ।
मुम्बईको घरेलु मैदान वानंखडेमा मा २ सय ३५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन मात्र बनायो ।
दिल्लीका ट्रिस्टन स्टब्सले अविजित रहँदै सर्वाधिक ७१ रन बनाए। २५ बल खेलका उनले ३ चौका र ७ छक्का प्रहार गरे। ओपनर पृथ्वी शा ६६, अभिषेक पोरेल ४१ र डेभिड वार्नर १० रनमा आउट हुँदा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
मुम्बईका जेराल्ड कोएत्जीले सर्वाधिक ४ विकेट लिए। जसप्रीत ब्रुमराहले २ विकेट लिँदा १ विकेट रोमारियो शेफर्डले लिए । त्यसअघि वानखडे स्टेडियममा टस जितेर पहिला ब्याटिङ मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३४ रन बनायो।
मुम्बईका ओपनर रोहित शर्माले सर्वाधिक ४९ रन बनाए। २७ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। इशान किशन ४२ र कप्तान हार्दिक पाण्ड्या ३९ रनमा आउट हुँदा टिम डेभिड ४५ र रोमारियो शेफर्ड ३९ रनमा अविजित रहे। दिल्लीका एन्रिक नोत्जे र अक्षर पटेलले २/२ विकेट लिए। खलिल अहमदले १ विकेट लिए।
यो जितपछि मुम्बईको ४ खेलमा एक जित र ३ हारसहित २ अंक भएको छ भने दिल्लीको ५ खेलमा एक जित र चार हारसहित २ अंक नै रहेको छ ।