Khabar Board
Flash logo up side
flash header

लखनाउले गुजरातलाई दियो १६४ रनको लक्ष्य

Nirbachan m

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) को २१ औं खेलमा लखनाउ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई जितका लागि १ सय ६४ रनको लक्ष्य दिएको छ ।

Center article

घरेलु मैदान एकना क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको लखनाउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

लखनाउका लागि मार्कस स्टोइनसले ४३ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान केएल राहुलले ३१ बलमा ३ चौकाको सहयोगमा ३३ रन बनाए । तेस्रो विकेटका लागि स्टोईनेस र राहुलले ६२ बलमा ७३ रनको साझेदारी गरे ।

निकोलस पुरनले २२ बलमा ३ छक्काको सहयोगमा अविजित ३२ रन बनाए । आयुष बदोनीले ११ बलमा ३ चौकाको सहयोगमा २० रन बनाए ।गुजरातका लागि उमेश यादव र दर्शन नालकन्डेले समान दुई दुई विकेट लिए । राशिद खानले एक विकेट लिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.