Khabar Board

गुजरातविरुद्ध लखनउको ऐतिहासिक जित, पहिलोपटक ३३ रनले हरायो

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) को २१ औं खेलमा लखनाउ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई सहज रुपमा पराजित गरेको छ ।

घरेलु मैदान एकना क्रिकेट स्टेडियममा भएको खेलमा लखनाउ ३३ रनले विजयी भएको हो । लखनाउले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको पाहुना टोली १८ दशमलब ३ ओभरमा अल आउट हुँदै १ सय ३० रन मात्र बनायो ।

गुजरातका लागि ओपनर साई सुदर्शनले २३ बलमा ४ चौकाको सहयोगमा ३१ रन बनाए । अर्का ओपनर शुभमन गिलले २१ बलमा १९ रन बनाए । साई र गिलले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । ५४ रनमा कुनै विकेट नगुमाएको गुजरातले बाँकी रन जोड्दा १० विकेट गुमायो ।

विजय शंकरले १७ बलमा १७ तथा राहुल तिवातियाले २५ बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए ।
लखनाउका लागि यस ठाकुरले पाँच तथा कुर्नाल पान्ड्याले तीन विकेट लिए । रवि विष्नोई र नभिन उल हकले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनाउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।
लखनाउका लागि मार्कस स्टोइनसले ४३ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान केएल राहुलले ३१ बलमा ३ चौकाको सहयोगमा ३३ रन बनाए । तेस्रो विकेटका लागि स्टोईनेस र राहुलले ६२ बलमा ७३ रनको साझेदारी गरे ।

निकोलस पुरनले २२ बलमा ३ छक्काको सहयोगमा अविजित ३२ रन बनाए । आयुष बदोनीले ११ बलमा ३ चौकाको सहयोगमा २० रन बनाए ।

गुजरातका लागि उमेश यादव र दर्शन नालकन्डेले समान दुई दुई विकेट लिए । राशिद खानले एक विकेट लिए ।
चौथो खेलमा दोस्रो जितका साथ लखनाउ तेस्रो स्थानमा उक्लिएको छ । पाँचौ खेलमा तेस्रो हारका साथ गुजरात पुछारबाट चौथो स्थानमा छ ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.