Khabar Board
Flash logo up side
flash header

एसीसी प्रिमियर कपमा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने (तालिका-सहित)

Nirbachan m

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने भएको छ । शुक्रबारबाट ओमानमा सुरु हुने टी-ट्वान्टी फर्म्याटको एसीसी प्रिमियर कपको पहिलो दिनै नेपाल र मलेसियाबीच खेल हुनेछ ।

Center article

मलेसियासगँकाे खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ मा सुरु हुनेछ । नेपाल रहेको समूह ए मा मलेसियाका अलावा हङकङ, साउदी अरेबिया र कतार छन् ।

प्रतियोगितामा नेपालको दोस्रो खेल बैशाख १ मा कतारसँग रहेको छ । दोस्रो खेल पनि नेपाली समय अनुसार अपरान्ह सवा ४ मा हुनेछ । नेपालले तेस्रो खेलमा बैशाख ३ मा हङकङसँग खेल्नेछ । यो खेल भने नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले बैशाख ५ मा साउदी अरेबियासँग खेल्ने छ । यो खेल नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

समूह बी मा ओमान, युएई, कुवेत, कम्बोडिया र बहराइनसँग छन् । हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछन् । यस संस्करणको एसिया कप टी-ट्वान्टी फर्म्याटमा हुनेछ ।

प्रतियोगिताको तयारीका लागि नेपाली टोली अहिले भारतमा रहेको छ । भारतमा रहँदा नेपालले बरोडा र गुजरात क्रिकेट एसोसिएसनको टोलीसँग एसएमएस फ्रेन्डसिप कप खेलेको थियो । कपको च्याम्पियन नेपाली टोली त्यतैबाट ओमान जानेछ । ओमान जाने टोलीको घोषणा हुन भने बाँकी रहेको छ ।

खेल तालिका

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.