Khabar Board
Flash logo up side
flash header

प्रिमियर कपका लागि नेपाली टोली घोषणा, सन्दीप सहित यी खेलाडीले पाए माैका

Nirbachan m

काठमाडौं । शुक्रबारबाट ओमानमा सुरु हुने एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

Center article

मंगलबार घोषित टोलीमा एसएमएस फ्रेन्डसीप कपमा रहेको नेपाली टोलीबाट आकाश चन्दलाई बाहिर राखेर सोहि टोलीलाई निरन्तरता दिएको छ । रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

मलेसियासँग खेल्दै नेपालले प्रिमियर कपको सुरुआत गर्नेछ । शुक्रबार हुने खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ मा सुरु हुनेछ । नेपाल रहेको समूह ए मा मलेसियाका अलावा हङकङ, साउदी अरेबिया र कतार छन् ।

प्रतियोगितामा नेपालको दोस्रो खेल बैशाख १ मा कतारसँग रहेको छ । दोस्रो खेल पनि नेपाली समय अनुसार अपरान्ह सवा ४ मा हुनेछ । नेपालले तेस्रो खेलमा बैशाख ३ मा हङकङसँग खेल्नेछ । यो खेल भने नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले बैशाख ५ मा साउदी अरेबियासँग खेल्ने छ । यो खेल नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

समूह बी मा ओमान, युएई, कुवेत, कम्बोडिया र बहराइनसँग छन् । हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछन् । यस संस्करणको एसिया कप टी-ट्वान्टी फर्म्याटमा हुनेछ ।

नेपाली टोली : रोहित कुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बोहोरा ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.