Khabar Board
Flash logo up side
flash header

राजस्थानविरुद्ध गुजरातको ३ विकेटको रोमाञ्चक जित

Nirbachan m

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा राजस्थान रोयल्समाथि गुजरात टाईटन्सले रोमान्चक जित निकालेको छ ।

Center article

राजस्थानको घरेलु मैदान सवाईमान सिंह क्रिकेट स्टेडियममा राजस्थानमाथि गुजरातले ३ विकेटको जित निकाल्यो ।
राजस्थानले दिएको १ सय ९६ रनको लक्ष्य टाईटन्सले निर्धारित २० ओभरको अन्तिम बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।

गुजरातका लागि कप्तान शुभमन गिलले ४४ बलमा ६ चौका र २ छक्काको सहयोगमा ७२ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर साई सुदर्शनले २९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए ।

राशिद खानले ११ बलमा ४ चौकाको सहयोगमा अविजित २४ रन बनाए । शाहरुख खानले ८ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन बनाए । विजय शंकरले १० बलमा १६ तथा राहुल तिवातियाले ११ बलमा ३ चौकाको सहयोगमा २२ रन बनाए ।

राजस्थानका लागि कुलदिप सेनले तीन तथा युजभेन्द्र चहलले दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।

राजस्थानका लागि सन्जु सामसन र रियान परागले अर्धशतकीय ईनिङ खेले । रियान परागले ४८ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ७६ रन बनाए । कप्तान सामसनले ३८ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ६८ रन बनाए । पराग र सामसनले तेस्रो विकेटका लागि ७८ बलमा १ सय ३० रनको शतकीय साझेदारी गरेका थिए ।

शिमरन हेटमायरले ५ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १३ रन बनाए । ओपनर यसश्वी जैसवालले १९ बलमा ५ चौकाको सहयोगमा २४ रन बनाए । अर्का ओपनर जोस बटलरले १० बलमा ८ रन बनाए ।
गुजरातका लागि उमेश यादव, मोहित शर्मा र राशिद खानले समान एक एक विकेट लिए ।

छ खेलमा तीनमा जीत र तीनमा हार सहित गुजरात छैटौं स्थानमा छ । पाँचौ खेलमा चार जित र एक हारका साथ राजस्थान आठ अंकका साथ शीर्ष स्थानमा कायमै छ ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.