Khabar Board
Flash logo up side
flash header

मलेसियाविरुद्ध आफूले गरेको प्रदर्शनबारे यस्तो भन्छन् दीपेन्द्रसिंह ऐरी

Nirbachan m

काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरीले मलेसियाविरुद्ध आफूले गरेको प्रदर्शनबाट खुसी रहेको प्रतिक्रिया दिएका छन् ।

Center article

शुक्रबार ओमानमा मलेसियामाथि पाँच विकेटको जित निकालेपछि पोस्ट म्याच प्रेस कन्फ्रेन्समा उनले आफूले आज गरेको बलिङबाट खुसी रहेको बताए ।

“म आफ्नो बलिङदेखि खुसी छु । पावर प्लेमा जुन हिसाबले गरेँ मैले । मेरो रोल नै त्यही छ कि अब रन रोक्ने । ब्याटिङमा पनि सेम रोल छ कि टिमलाई जसरी पनि जिताउने । त्यही कन्डिसनमा पछाडितिर ब्याटिङ गर्छु म । त्यस्तो प्रेसर केही पनि छैन,” उनले भने ।

तर, आफूले टी–ट्वान्टीमा राम्रो प्रदर्शन गरिरहे पनि ओडीमा राम्रो गर्न नसकिरहेको बताए । “ओडीआईमा चाहिँ त्यस्तो खेल्न सकेको छैन । तर, टी–ट्वान्टीमा चाहिँ पर्फमेन्स गरिरहेको छु । खुसी पनि छु आफ्नो पर्फमेन्सदेखि,” उनले भने ।

उनी आजको खेलमा ‘प्लेयर अफ द म्याच’ चुनिएका थिए । मलेसियाविरुद्ध उनले चार ओभर बलिङ गरेर महत्त्वपूर्ण दुई विकेट लिएका थिए । जसमा उनले १४ रनमात्र दिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.