Khabar Board

नेपालले पहिलो विकेट गुमायो

काठमाडौँ । एसिसी प्रिमियर कपमा नेपालले पहिलो विकेट गुमाएको छ। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा कतारविरूद्ध टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले २.४ ओभरमा ओपनर कुशल भूर्तेललाई गुमाएको हो।

भूर्तेल कतारका अमिर फारूखको बलमा कामरन खानबाट क्याच आउट भएका हुन्। आउट हुनुअघि भूर्तेलले ११ बलमा २ चौका प्रहार गरी १२ रन बनाएका थिए। भूर्तेलको विकेटपछि कप्तान रोहित पौडेल ब्याटिङमा आएका छन्।

नेपालले आज टोलीमा एक परिवर्तन समेत गरेको छ । करन केसीको स्थानमा विवेक यादव टोलीमा आएका छन् । खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ । सोही समयमा समूह ए मा नै रहेका मलेसिया र साउदी अरेबिया पनि भिड्नेछन् । यस समूहमा हंगकंग पनि रहेको छ ।

नेपालले आफ्नो पहिलो खेलमा हिजो मलेसिया माथि ५ विकेटको जित दर्ता गरेको थियो । यस्तै हंगकंगले हिजो कतारलाई हराएको थियो ।समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् ।

ओमान र युएईले हिजो नै भएका खेलमा जित हासिल गर्दै विजयी सुरुवात गरेका थिए । ओमानले बहराइन विरुद्ध ३ रनले र युएईले कुवेत माथि ७ विकेटको जित निकालेको थियो ।

युएईले भने आज बहराइन माथि जित हासिल गर्दै लगातार दोस्रो जित दर्ता गरेको समेत छ । कुवेतले पनि आज कम्बोडिया माथि सहज जित दर्ता गर्यो । दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।

नेपालको प्लेइङ-११: आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेक यादव, सोमपाल कामी, अभिनाश बोहोरा

बेन्च: प्रतिश जिसी, अनिल शाह, करन केसी

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.