Khabar Board
Flash logo up side
flash header

यी तीन खेलाडीको अर्धशतकमा बहराइनमाथि यूएईको जित

Nirbachan m

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत युएईले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा युएईले बहराइनलाई ३७ रनले पराजित गरेको हो ।

Center article

युएईले दिएको २३७ रनको लक्ष्य पछाएको बहराइनले २० ओभरमा ८ विकेट गुमाउदै १९९ रन बनाएको थियो । यस अघि युएईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर २३६ रन बांएको थियो ।

यो यस प्रतियोगितामा युएईको लगातार दोस्रो जित हो । युएईले यसअघि पहिलो खेलमा कुवेतलाई ७ विकेटले पराजित गरेको थियो । यो जितपछि युएईको समुह बि मा २ खेलमा दुवै जितसहित ४ अंक भएको छ । समुह अन्तर्गतकै आज सम्पन्न अर्को खेलमा कुवेतले कम्बोडियालाई ८ विकेटले पराजित गरेको छ ।

बहराइनका इमरान अनवरले सर्वाधिक ६० रन बनाए। २२ बल खेलेका उनले २ चौका र ७ छक्का प्रहार गरे। इमरान अली ३५, रिजवन बट १७, उमर तुर १७, सरफराज अली १४ र साथैया वीरपाथिरान १२ रनमा आउट हुँदा जुनैद अजिज २४ रनमा अविजित रहे।

यूएईका आयान अफजल खानले सर्वाधिक ३ विकेट लिए। मोहम्मद फारुकले २ विकेट लिँदा जुनैद सिद्दिकी, अकिफ राजा र मोहम्मद वासिमले १/१ विकेट लिए।

त्यसअघि अल अमेरात क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ २)मा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २३६ रन बनाएको थियो।

यूएईका अलिशान शराफुले सर्वाधिक ७८ रन बनाए। ४१ बल खेलेका उनले १० चौका र ४ छक्का प्रहार गरे। आशिफ खान ६६ र कप्तान मोहम्मद वासिम ६५ रनमा आउट हुँदा सैय्यद हैदर १३ रनमा अविजित रहे। बहराइनका इमरान अनवरले सर्वाधिक ३ विकेट लिए। रिजवान बट र अब्दुल माजिदले १/१ विकेट लिए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.