लगातार विकेट गुमाउँदै नेपाल, सन्दीप जोरा पनि आउट

Image

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ । सन्दीप जोरा मात्र ७ रन बनाएर आउट भएका हुन् । नेपालले १५.४ ओभरमा ५ विकेटको क्षतिमा १३६ रन बनाएको छ ।

आशिफ शेख ५२ रन बनाएर आउट भएका हुन् । उनले ४१ बलमा ६ चौका हिर्काए । नेपालले १४.२ ओभरमा ४ विकेटको क्षतिमा १२७ रन बनाएको छ ।

नेपालले तेस्रो विकेटमा कुशल मल्लले ३५ रन बनाएर आउट भएका हुन् । मल्लले १८ बलमा २ चौका र ३ छक्का हिर्काए ।

नेपालका कुशल भुर्तेलले १२ र कप्तान रोहित पौडेलले १८ रन बनाएर आउट भए । आसिफलाई साथ दिइरहेका कुशल मल्ल भने ३५ रन बनाएर आउट भए । १८ बल खेलेका उनले ३ चौका र २ छक्काको मद्दतमा ३५ रन बनाएका हुन् ।