Khabar Board
Flash logo up side
flash header

नेपाललाई तेस्रो सफलता, गुल्सन झाले लिए अर्को महत्वपूर्ण विकेट

Nirbachan m

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा नेपालले कतारविरुद्ध तेस्रो सफलता हात पारेको छ । गुल्सन झाले १८ रन बनाएका कमरान खानलाई आफ्नो शिकार बनाए । कतारले ७ ओभरमा ३ विकेटको क्षतिमा ६२ रन बनाएको छ ।

Center article

यस्तै नेपाललाई दीपेन्द्रसिंह ऐरीले दोस्रो सफलता दिलाएका हुन्। पाचौं ओभर बलिङ गर्न आएका ऐरीले बिस्फोटक ब्याटिङ गरिरहेको मोहम्मद अनफलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराएका हुन्।

अनफले १८ बलमा ४ चौका प्रहार गरी २३ रन बनाएका थिए। नेपालका लागि ललित राजवंशीले पहिलो विकेट लिएका थिए।

दोस्रो ओभर बलिङ गर्न आएका ललितले पहिलो बलमै कतारका ओपनर सकलेन अर्शदलाई आउट गरेका हुन्। ललितले अर्शदलाई विवेक यादवबाट क्याच आउट गराए। उनले व्यक्तिगत पहिलो ओभरमा ३ रन खर्चिए। सातौं ओभर चलिरहँदा कतारले ५३ रन बनाएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.