काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा नेपालले कतारविरुद्ध चौथो सफलता हात पारेको छ । गुल्सन झाले २ रन बनाएका मोहम्मद अर्शदलाई आफ्नो शिकार बनाए ।
कतारले ८.५ ओभरमा ४ विकेटको क्षतिमा ७६ रन बनाएको छ । कतारले ७ ओभरमा ३ विकेटको क्षतिमा ६२ रन बनाएको हो । गुल्सन झाले १८ रन बनाएका कमरान खानलाई आफ्नो शिकार बनाए ।
यस्तै नेपाललाई दीपेन्द्रसिंह ऐरीले दोस्रो सफलता दिलाएका हुन्। पाचौं ओभर बलिङ गर्न आएका ऐरीले बिस्फोटक ब्याटिङ गरिरहेको मोहम्मद अनफलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराएका हुन्।
अनफले १८ बलमा ४ चौका प्रहार गरी २३ रन बनाएका थिए। नेपालका लागि ललित राजवंशीले पहिलो विकेट लिएका थिए।
दोस्रो ओभर बलिङ गर्न आएका ललितले पहिलो बलमै कतारका ओपनर सकलेन अर्शदलाई आउट गरेका हुन्। ललितले अर्शदलाई विवेक यादवबाट क्याच आउट गराए। उनले व्यक्तिगत पहिलो ओभरमा ३ रन खर्चिए। सातौं ओभर चलिरहँदा कतारले ५३ रन बनाएको छ।