हिटमायरको उत्कृष्ट फिनिसिङमा पञ्जाबविरुद्ध राजस्थानको ३ विकेटको रोमाञ्चक जित

Image

सामूहिक प्रदर्शन गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार जित निकालेको छ । राजस्थानले पन्जाब किङ्सलाई ३ विकेटले हराएको छ ।

एक सय ४८ रनको लक्ष्य पछएको राजस्थानले १९.५ ओभरमा ७ विकेटको क्षेतिमा १ सय ५२ रन जोड्दै जित दर्ता गरेको हो । टोलीका लागि यसस्वी जैसवालले २८ बलमा सर्वाधिक ३९ रन, तानुस कोटिले २४, सन्जु सामसनले १८, रियान परागले २३ रन बनाएका थिए ।

सिमरोन हेटमेरले नटआउट २७ रन बनाएका थिए । २२ बलमा उनल १ चौका र ३ छक्का प्रहार गरे । पन्जाबका लागि कागिसो राबडा र साम कुरानले समान २ विकेट तथा अर्सदीप सिंह, लिम लिभिङटन र हर्सल पटेलले समान १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतिमा १ सय ४७ रन बनाएको थियो । टोलीका लागि अशुतोष शर्माले सर्वाधिक ३१ रन जोडे ।

जितेश शर्माले २९, लिभिङटनले २१, अर्थभ टेडी र जोनी ब्रेस्टोले समान १५ रन बनाएका थिए । राजस्थानका लागि अभेस खान, केशव महाराजले समान २ विकेट तथा ट्रेन्ट बोल्ट, कुलदिप सेन र युजभेन्द्र चाहालले समान १ गोल गरेका थिए ।

६ खेलपछि राजस्थान १० अंकका साथ शीर्षस्थामा छ । दोस्रो स्थानको कोलकाता नाइट राइडर्ससहित ५ टोलीको समान ६ अंक छ । १० टोलीको सहभागिता रहेको आइपिएलमा ४ अंकसहित पन्जाब आठौं स्थानमा छ ।