नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको शृंखलाको तालिका सार्वजनिक

Image

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट ईन्डिज ए बीचको पाँच खेलको टी-२० सिरिज बैशाख १५ बाट सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ५ टी–२० शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो।

क्यानका अनुसार शृंखलाको पहिलो खेल २७ अप्रिलमा हुनेछ। दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाँचौँ तथा अन्तिम खेल ४ मेमा हुनेछ।

सम्पूर्ण खेल १२:१५ बजेबाट शुरू हुने छ। नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो। उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।

खेल तालिका