Khabar Board
Flash logo up side
flash header

यस्तो छ हङकङविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

Nirbachan m

काठमाडौं । ओमानमा जारी एसीसी मेन्स प्रिमियर कप आज (सोमबार) नेपालले आफ्नो तेस्रो खेलमा हङकङसँग खेल्दैछ । नेपाल र हङकङबीचको खेल ओमानको मस्कटमा नेपाली समय अनुसार बिहान पौने १२ बाट सुरु हुदैछ ।

हङकङलाई हराउँदै एक खेल अघि नै नेपाल सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ । हङकङविरुद्धको खेलमा नेपालले आफ्नो बलियो प्लेईङ(११ मैदानमा उतार्ने लक्ष्यमा रहने छ ।

कतारविरुद्धको खेलमा रहेको प्लेईङ-११ मा एक परिवर्तनको सम्भावना छ । कतारविरुद्ध खेलेका विवेककुमार यादवको स्थानमा करण केसीले मौका पाउने सम्भावना छ । हङकङविरुद्धको खेलमा नेपालको प्लेईङ-११ यसप्रकारको रहने सम्भावना छ ।

नेपालको ओपनरमा कुशल भुर्तेल र आसिफ शेखले निरन्तरता पाउने सम्भावना छ । तेस्रो नम्बरमा कप्तान रोहितकुमार पौडेलको सम्भावना छ । चौथो नम्बरमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले मौका पाउने सम्भावना छ ।

Center article

पाँचौ नम्बरमा सन्दीप जोराले अवसर पाउने सम्भावना छ । छैटौं नम्बरमा अलराउन्डर कुशल मल्लले मौका पाउने सम्भावना छ । सातौं नम्बरमा अर्का अलराउन्डर गुलसन झाको सम्भावना छ । आठौं नम्बरमा करण केसीको सम्भावना छ ।

नवौं नम्बरमा सोमपाल कामीको सम्भावना रहेको छ । दशौं नम्बरमा अभिनास बोहोराको सम्भावना रहँदा एघारौं नम्बरमा ललितनारायण राजवंशीको सम्भावना छ ।

नेपालको सम्भावित प्लेईङ-११ : कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी, अभिनास बोहोरा र ललितनारायण राजवंशी ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.