नेपालले टस जितेर पहिलो फिल्ड गर्ने, खेल १८ ओभरको हुने

Image

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलमा ओभर घट्ने भएको छ । खेल अव १८/१८ ओभरको हुनेछ । दुई/दुई ओभर घट्ने भएको हो ।

खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा सुरु हुने तालिका थियो । तर, वर्षाको कारण ढिलो भयो । वर्षा रोकिएसँगै मैदानमा काम भइराखेको छ । खेल नेपाली समय अनुसार अब १२ : ४५ देखि सुरु हुनेछ ।

नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।

नेपालको प्लेइङ-११: आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा

बेन्च: प्रतिश जिसी, अनिल शाह, विवेक यादव