चेल्सीले पाहुना टोली एभर्टनमाथि गर्‍यो गोलको वर्षा

Image

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले एभर्टनमाथि फराकिलो जित हासिल गरेको छ । स्ट्यामफोर्ड ब्रिजमा सोमबार राति सम्पन्न खेलमा चेल्सीले पाहुना टोली एभर्टनमाथि आधा दर्जन गोल बर्साएको हो।

चेल्सीले खेलको १३औँ मिनेटमा पाल्मरको गोलबाट अग्रता लिएको थियो। १८ र २९औँ मिनेटमा पल्मरले गोल गर्दै ह्याट्रिक पूरा गरे।

४०औँ मिनेटमा मिखाइलो मुड्रिकले गोल गर्दै चेल्सीको अग्रता ४-० मा पुर्‍याए। पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा मार्क कुकुरेलाको पासमा निकोलस ज्याक्सनले गोल गरे।

६४औँ मिनेटमा पाल्मरले पेनाल्टीमार्फत व्यक्तिगत चौथो र टोलीका लागि पाँचौँ गोल गरे। ९०औँ मिनेटमा अल्फी गिलक्रिस्टले गोल गर्दै चेल्सीलाई ६-० को सहज जित दिलाए।

यो जितपछि चेल्सीको ३१ खेलमा ४७ अंक भएको छ र लिगमा नवौ स्थानमा उक्लिएको छ । त्यसैगरी एभर्टनको भने ३२ खेलमा २७ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ ।