काठमाडौं । ओमानमा एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार साउदी अरेबियाको सामना गर्दै छ । नेपाल र साउदी बीचको खेल ओमानको मस्कटमा नेपाली समय अनुसार बिहान पौने १२ बाट सुरु हुदैछ ।
टी-२० आईमा नेपाल र साउदी पहिलो पटक आमने सामने हुदैछन् । नेपालले समूह चरणका तीन खेलमा शतप्रतिशत नतिजाका साथ समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
साउदीका लागि सेमिफाइनलमा स्थान पक्का गर्न नेपाललाई हराउँनुको मलेसिया र हङकङबीचको खेलको नतिजा पनि आफ्नै पक्षमा रहनु पर्ने छ ।
नेपालले पहिलो खेलमा मलेसिया दोस्रो तथा तेस्रो खेलमा क्रमशः कतार र हङकङलाई पराजित गरेको थियो । उता, साउदी पहिलो खेलमा मलेसियासँग पराजित हुँदा दोस्रो खेलमा बलियो टोली हङकङलाई पराजित गरेको थियो । तेस्रो खेलमा कतारसँग पराजित साउदीलाई सेमिफाइनल सम्भावना कायम राख्न नेपाललाई पराजित गर्ने पर्ने दबाबमा छ ।
नेपाल समूह बिजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेकाले दबाब बिना खेल्नेछ । प्रतियोगिताको दुवै सेमिफाइनल खेल शुक्राबार तथा तेस्रो स्थानको खेल शनिबार हुनेछ । प्रतियोगिताको फाइनल खेल आईतबार हुनेछ । उपाधी बिजेता टोली २०२५ मा हुने एसिया कप खेल्नेछ ।
शीर्ष तीनमा रहने टोलीले एसीसी ईमजिङ्ग कपमा स्थान बनाउने छ ।
साउदीविरुद्धको खेलमा रहेको प्लेईङ-११ मा एक परिवर्तनको सम्भावना छ । साउदीविरुद्ध खेलेका कुशल भुर्तेलको स्थानमा अनिल शाहले मौका पाउने सम्भावना छ । साउदीविरुद्धको खेलमा नेपालको प्लेईङ-११ यस प्रकारको रहने सम्भावना छ ।
नेपालको ओपनरमा अनिल शाह र आसिफ शेखले पाउने सम्भावना छ । तेस्रो नम्बरमा कप्तान रोहितकुमार पौडेलको सम्भावना छ । चौथो नम्बरमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले मौका पाउने सम्भावना छ । पाँचौ नम्बरमा सन्दीप जोराले अवसर पाउने सम्भावना छ । छैटौं नम्बरमा अलराउन्डर कुशल मल्लले मौका पाउने सम्भावना छ । सातौं नम्बरमा अर्का अलराउन्डर गुलसन झाको सम्भावना छ । आठौं नम्बरमा करण केसीको सम्भावना छ ।
नवौं नम्बरमा सोमपाल कामीको सम्भावना रहेको छ । दशौं नम्बरमा अभिनास बोहोराको सम्भावना रहँदा एघारौं नम्बरमा ललितनारायण राजवंशीको सम्भावना छ ।
नेपालको सम्भावित प्लेईङ-११ : अनिल शाह, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी, अभिनास बोहोरा र ललितनारायण राजवंशी ।

















