काठमाडौँ । एसीसी प्रिमियर कपमा युएईले कम्बोडियामाथि फराकिलो जित हासिल गरेको छ ।
समुह बि को समुह चरणको अन्तिम खेलमा युएईले कम्बोडियालाई ९ विकेटले पराजित गरेको हो । कम्बोडियाले दिएको ७७ रनको लक्ष्य पछाएको युएईले ५.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यो जितपछि युएईको ४ खेलमा ६ अंक भएको छ र अहिले शिर्ष स्थानमा उक्लिएको छ । यो जितपछि युएई सेमिफाइनलमा पुग्ने निश्चित भएको छ र अब समुह बि को विजेता उपविजेताको टुंगो भने अहिले जारी रहेको ओमान र कुवेतबीचको खेल पछि मात्र लाग्ने छ ।
ओमानले कुवेतलाई हराएमा युएई उपविजेता हुने छ र सेमिफाइनलमा नेपालसँग खेल्ने छ । अर्को तर्फ कुवेतले ओमानलाई पराजित गरेमा भने रनरेट निर्णायक हुने छ । समुह बी बाट बहराइन र कम्बोडिया यस अघि नै बाहिरिइसकेका छन् ।
कम्बोडिया विरुद्ध युएईका लागि कप्तान मुहम्मद वासिमले १८ बलमा ७ चौका र २ छक्का सहित ४८ रन बनाए । यस्तै आलिशान शराफुले १० बलमा २१ रन बनाएर अविजित रहे । आशिफ खान ५ रनमा नटआउट रहे ।
कम्बोडिया विरुद्ध युएईका लागि कप्तान मुहम्मद वासिमले १८ बलमा ७ चौका र २ छक्का सहित ४८ रन बनाए । यस्तै आलिशान शराफुले १० बलमा २१ रन बनाएर अविजित रहे । आशिफ खान ५ रनमा नटआउट रहे ।
कम्बोडियाका लागि एकमात्र वले राम शरणले लिए ।
त्यसअघि अल अमेरात टस जितेर ब्याटिङ गरेको कम्बोडिया १९ ओभरमा अलआउट हुदै ७६ रन मात्र बनाउन सक्यो । कम्बोडियाका लागि श्रवण गोदाराले १८ बलमा सर्वाधिक २४ रन बनाए । यस्तै उदय हाथिन्जरले ११ रन बनाए भने लुकमन बटले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
युएईका लागि आयन अफजल खानले ३ विकेट तथा आखिफ राजा र मुहम्मद फरूकले २-२ विकेट लिए । ओमिद रहमान र अलि नासिरले १-१ विकेट लिए ।
प्रतियोगितामा सेमिफाइनल खेलहरु शुक्रबार हुनेछन् भने फाइनल आईतवार हुनेछ ।

















