Khabar Board
Flash logo up side
flash header

ब्याटिङ नचल्दा दिल्लीसँग घरेलु मैदानमा ८९ रनमै समेटियो गुजरात

Nirbachan m

काठमाडौं । दिल्ली क्यापिटल्सका बलरको धारिलो बलिङ सामु गुजरात टाइटन्सका ब्याटर टिक्न नसक्दा ८९ रनमा नै अल आउट भएका छन् ।

घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा जारी खेलमा गुजरातले १७ दशमलब ३ ओभरमा अल आउट हुदै ८९ रन मात्र बनाउँन सक्यो ।

गुजरातका लागि राशिद खानले २४ बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए । राहुल तिवातियाले १५ बलमा १ चौकाको सहयोगमा १० रन बनाए ।

Center article

साई सुदर्शनले १२ रन बनाए । गुजरातका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । यस इनिङमा जम्मा एउटा छक्का प्रहार भएको थियो ।

दिल्लीका लागि मुकेश कुमारले तीन तथा ट्रिस्टन स्टब्स र इशान्त शर्माले समान दुई दुई विकेट लिए । खलिल अहमद र अक्षर पटेलले समान एक एक विकेट लिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.