काठमाडौँ। जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको छ। आर्सनललाई पराजित गर्दै बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।
एलियान्ज एरिनामा बुधबार राति सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेगमा पाहुना टोली आर्सनलाई १-० गोल अन्तरले पराजित गर्दै बायर्न अन्तिम चारमा प्रवेश गरेको हो।
बायर्नको जितमा जोशुआ किमिचले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ६३औँ मिनेटमा राफेल गुरेरियाको पासमा गोल गरेका थिए।
समग्रमा आसर्नलमाथि बायर्नले ३-२ गोल अन्तरको जित हासिल गर्यो। पहिलो लेग २-२ गोलको बराबरीमा सकिएको थियो।














