फाइनल प्रवेशका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै, त्यो हारको बदला लिने अवसर

Image

काठमाडौं । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै छन् । बुधबार समुह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको थियो ।

समुह ए बाट नेपाल समुह विजेता र हङकङ उपविजेता हुदै सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ११: ४५ बजेदेखि शुरु हुने छ ।

नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन् । यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ । नेपाल र युएईबीच अहिलेसम्म ९ टी-२० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ ।

त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन् । यो खेल अपराहन्न ४: १५ बजेदेखि शुरु हुने छ ।

यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शिर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन् ।

नेपाललाई युएईसँग त्यो हारको बदला लिने अवसर

नेपालले सन् २०२२ फेब्रुअरी २२ मा आईसीसी टी–२० विश्वकप क्वालिफायर ए को सेमिफाइनलमा युएईसँग अल अमरेत क्रिकेट ग्राउन्ड–१ मा खेल्दै थियो ।

नेपालको चाहना युएईलाई हराउँदै अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्ने थियो । सन् २०१४ पछि पुनः विश्वकप खेल्ने चाहना पूरा हुन लागेकाले खेलाडीहरु उक्त खेललाई लिएर उत्साहित थिए ।

ओमान, क्यानडा र फिलिपिन्सलाई हराउँदै नेपाल समूह बी बाट अपराजितका साथ सेमिफाइनल पुगेको थियो । युएई आयरल्यान्ड र जमर्नीलाई हराउँदै र बहराइनसँग पराजित भए पनि सेमिफाइनल पुगेको थियो ।

टस जितेर पहिला ब्याटिङ रोजेको युएईलाई ओपनर वृत्य अरविन्दले २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रनको आक्रामक सुरुवात दिलाउँदै आउट भएका थिए । मोहम्मद वासिम ४८ बलमा ४ चौका र छक्कासहित ७० रन बनाएपछि युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो ।

तर त्यो लक्ष्य नै भारी बन्दा नेपाल ६८ रनले पराजित हुँदै विश्वकपमा पुग्न सकेन । जुनैद सिद्दिकले ३ र अहमद राजाले ५ विकेट लिएपछि नेपाल १०७ रनमा अल आउट भएको थियो । नेपाली क्रिकेटले भोगेको त्यो एउटा ठूलो पीडादायी क्षण थियो । त्यसअघि पनि नेपाल विश्वकपमा पुग्न सकेको थिएन । तर त्यसपटक आशा र अपेक्षा बढी थियो ।

सोही मैदानमा एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपाल र युएईबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । अर्को सेमिफाइनलमा ओमान र हङकङ भिड्नेछन् । प्रतियोगिता विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछन् । नेपाल ए को समूह विजेता र युएई समूह ए को उपविजेता हो ।

दुई वर्षअघिको त्यो हारको बदला लिँदै नेपाल फाइनलमा स्थान पक्का गर्ने सोचमा छ । पछिल्लो एक वर्षमा नेपालको सुधार लोभलाग्दो छ । युएईको टोलीमा खासै परिवर्तन छैन, त्यहाँको क्रिकेट आन्तरिक राजनीतिमै अल्झिएको छ ।

नेपाल र युएईबीचको खेललाई एसोसिएट एल क्लासिको पनि भन्न थालिएको छ । पछिल्लो समय नेपाल युएईमाथि लगातार हाबी बनेको छ । गतवर्ष प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले पहिलो पटक एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।

नेपालले आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै १० वर्षपछि विश्वकपमा स्थान बनाएको थियो । आईसीसी विश्वकप लिग–२ को अन्तिम खेलमा ३१० रन बनाएर पनि युएई हारेको थियो । विश्वकप र एसिया कप खेल्न नपाएको पीडा युएईले ओमानमा पुगेर भुलाउन चाहेको छ ।

नेपालले घरेलु दर्शक र मैदान भने धेरै मिस गर्नेछ । पछिल्लो समय लगातार अन्तर्राष्ट्रिय क्रिकेटमा ब्यस्त भएको नेपालको मनोबल उच्च छ । यसअघि जस्तो खेल अनुभवमा कुनै कमी छैन ।

ओमानमा युएईविरुद्ध कमजोर इतिहासबारे कप्तान रोहित पौडेलले विगतको कुरा महत्वपूर्ण नहुने प्रतिक्रिया दिए । ‘विगतमा के भयो त्यो मलाई महत्वपूर्ण जस्तो लाग्दैन । भविष्यमा आउने के हो र वर्तमानमा बस्न एकदमै महत्वपूर्ण छ । आउने खेलको लागि सबै तयार छन् । आफ्नो उत्कृष्ट क्रिकेट कसरी खेल्ने त्यही मात्रै सोच छ’, रोहितले भने ।

यसअघि मोहम्मद वासिममा बढी निर्भर युएईले उनी नचल्दा पनि राम्रो गरेको छ । वृत्य अरविन्द पढाइका कारण हाल टिममा छैनन् । तर उनको स्थानमा ओपनिङ गरेका एलिसान शराफुले ४ खेलमा २ अर्धशतकसहित १८९ रन बनाउँदै यो प्रतियोगितामा धेरै रन जोड्नेको तेस्रो स्थानमा छन् ।

आसिफ खान ४ मध्ये ३ खेलमा अर्धशतकका साथ २११ रन जोड्दै शीर्ष स्थानमा छन् । मोहम्मद वासिम १५८ रनका साथ पाँचौं स्थानमा छन् । बासिल हामिद, आयन खान र अली नासिर पनि मध्यक्रममा राम्रो ब्याटिङ गर्न सक्ने खुबी भएका क्रिकेटर हुन् । बलिङ युएईको कमजोर पक्ष हो ।

तीव्र गतिका बलर जुनैद सिद्दिक र स्पिनर आयन खानबाहेक अन्य प्रभावशाली बलर टोलीमा छैनन् । सर्वाधिक रन बनाउने ब्याटरमा शीर्ष १० मा नेपाली खेलाडी छैनन् । आसिफ शेख १२६ रनका साथ ११ औं स्थानमा छन् । त्यसपछि दीपेन्द्रसिंह ऐरी १०१ रनका साथ २० औं स्थानमा छन् ।

नेपाल विजेता र यूएई उपविजेता बन्दै सेमिफाइनलमा

ओमानमा जारी दोस्रो संस्करणमा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपाली टोलीले समूहगत चरणमा आफूले खेलेको चारवटै खेलमा जित हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो ।

त्यसपछि नेपालले समूहगत चरणको आफ्नो दोस्रो खेलमा कतारमाथि ३२ रनको जित हासिल गरेको थियो । आफ्नो तेस्रो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो । नेपालले चौथो खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजयको स्वाद चखाएको थियो ।

अर्कोतिर, यूएई भने समूह ‘बी’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यूएईले समूहगत चरणमा आफूले खेलेको चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्यो । यूएईले आफ्नो पहिलो खेलमा कुवेतलाई सात विकेटले हराएको थियो ।

यूएईले दोस्रो खेलमा बहराइनमाथि ३७ रनको जित हासिल गरेको थियो । आफ्नो तेस्रो खेलमा भने यूएईको टोली आयोजक ओमानसँग नौ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो । यूएईले चौथो खेलमा कम्बोडियालाई नौ विकेटले हराएको थियो ।

जारी प्रतियोगितामा सर्वाधिक रन

जारी प्रतियोगितामा हालसम्म सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा माथिल्लो पाँच स्थानभित्र यूएईका तीनजना खेलाडी छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो स्थानमा यूएईका आसिफ खान छन् । उनले चार खेलमा तीन अर्धशतकसहित कुल दुई सय ११ रन बनाएका छन् ।

तेस्रो र पाँचौँ स्थानमा पनि यूएईकै खेलाडी छन् । तेस्रो स्थानमा रहेका यूएईका ब्याट्सम्यान अलिसन सराफुले चार खेलमा दुई अर्धशतकको मद्दतले कुल एक सय ९१ र पाँचौँ स्थानमा रहेका यूएईका मुहम्मद वसिमले चार खेलमा एक अर्धशतकको मद्दतले कुल एक सय ५८ रन बनाएका छन् ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा माथिल्लो १० स्थानभित्र एकजना पनि नेपाली खेलाडी छैनन् । सूचिको ११औँ स्थानमा रहेका नेपाली ब्याट्सम्यान आसिफ शेखले चार खेलमा एक अर्धशतकको मद्दतले कुल एक सय २६ रन बनाएका छन् ।

यो सूचिमा २०औँ स्थानमा रहेका नेपाली ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले चार खेलमा एक अर्धशतकको मद्दतले कुल एक सय एक रन बनाएका छन् । २६औँ स्थानमा रहेका कप्तान रोहित पौडेलले चार खेलमा कुल ८७ रन बनाएका छन् ।

जारी प्रतियोगितामा सर्वाधिक विकेट

यसैगरी जारी प्रतियोगितामा हालसम्म सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा माथिल्लो १० स्थानभित्र यूएईका एक र नेपालका दुई बलर छन् । सर्वाधिक विकेट लिने बलरको सूचिमा यूएईका आयान खान छैटौँ स्थानमा छन् । उनले चार खेलमा सात विकेट लिएका छन् ।

यो सूचिमा नेपालका अविनाष बोहरा आठौँ स्थानमा रहेका छन् । उनले पनि चार खेलमा सात विकेट लिएका छन् । यो सूचिको नवौँ स्थानमा रहेका दीपेन्द्रसिंह ऐरीले पनि चार खेलमा ६ विकेट लिइसकेका छन् । १२औँ स्थानमा रहेका ललित राजवंशीले चार खेलमा पाँच विकेट हात पारेका छन् ।

हेड टु हेडमा नेपाल अगाडि

नेपाल र यूएईबिच हालसम्म नौवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये पाँच खेलमा नेपाल र चार खेलमा यूएई विजयी भएका छन् । घरेलु मैदानमा नेपालले तीन र यूएईले एक खेल जितेका छन् ।

प्रतिद्वन्द्वीको घरेलु मैदानमा नेपालले दुई र यूएईले एक खेल जितेका छन् । ‘न्यूट्रल भेन्यू’ मा भने यूएईले दुई खेल जितेको छ । सन् २०१९ मा नेपाली टोली यूएई भ्रमणमा गएको थियो । त्यसक्रममा खेलिएको पहिलो टी–२० खेलमा यूएईले नेपाललाई २१ रनले हराएको थियो ।

सोही क्रममा खेलिएको दोस्रो खेलमा नेपालले यूएईलाई चार विकेटले हराएको थियो । तेस्रो खेलमा पनि नेपालले यूएईलाई १४ रनले पराजित गरेको थियो । सन् २०२२ को फेब्रुअरीमा ओमानमा चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलिएको थियो ।

उक्त शृंखलामा चौथो टोलीको रुपमा आयरल्यान्ड सहभागिता थियो । त्यो शृंखलामा यूएईले नेपाललाई २५ रनले हराएको थियो । सन् २०२२ को फेब्रुअरीमा खेलिएको आईसीसी पुरुष टी–२० विश्वकपको छनोट खेलको सेमिफाइनलमा यूएईले नेपाललाई ६८ रनले हराएको थियो ।

यसैगरी सन् २०२३ को अक्टोबरमा नेपालमा त्रिकोणात्मक टी–२० शृंखला खेलिएको थियो । त्यो शृंखलामा यूएई र हङ्कङ सहभागी थिए । शृंखलाको लिग चरणमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो । अर्को खेलमा पनि नेपालले यूएईलाई पाँच विकेटले पराजित गरेको थियो । तर, त्यो शृंखलाको फाइनलमा भने यूएईले नेपाललाई चार विकेटले हराएको थियो ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी. र अभिनाश बोहरा ।

यूएईको टोली : मोहम्मद वासिम (कप्तान), आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, राहुल भाटिया, राजा अकिफ, टानिश सुरी र विष्णु सुकुमारान ।