Khabar Board
Flash logo up side
flash header

मुम्बईले पञ्जाबलाई दियो १९३ रनको लक्ष्य

Nirbachan m

काठमाडौं । भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३३ औं खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई १ सय ९३ रनको लक्ष्य दिएको छ ।

पञ्जाबको घरेलु मैदान मुल्लापुरमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९२ रन बनायो ।

मुम्बईका लागि सुर्यकुमार यादवले ५३ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ७८ रनको अर्धशतकीय ईनिङ खेले । रोहित शर्माले २५ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३६ रन बनाए । शर्मा र यादवले दोस्रो विकेटका लागि ८१ रनको सानदार साझेदारी गरे ।

Center article

तिलक बर्माले १८ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ३४ रन बनाए । तेस्रो विकेटका लागि यादव र बर्माले ४९ रनको साझेदारी गरे । टिम डेबिडले ७ बलमा २ चौका र १ छक्काको सहयोगमा १७ रन बनाए । कप्तान हार्दिक पान्ड्याले ६ बलमा १ छक्काको सहयोगमा १० रन बनाए ।

पञ्जाबका लागि हर्षल पटेलले तीन तथा कप्तान साम करन दुई विकेट लिए । कागिसो रबाडाले एक विकेट लिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.