नेपाललाई तेस्रो झड्का, कप्तान रोहित पौडेल आउट

Image

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत अहिले सेमिफाइनलमा यूएईविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले कप्तान रोहित पौडेललाई पनि गुमाएको छ ।

नेपालले ७ ओभरमा ३ विकेट गुमाएर ३८ रन जोडेको छ। रोहितले १८ बल खेल्दै केवल ५ रन जोडे। रोहितले सन्दीप जोराले तेस्रो विकेटका लागि २७ रनको साझेदारी गरेका थिए।

कुशल भुर्तेलले रन जोड्न सकेनन् भने आसिफ शेखले ८ रन बनाए। नेपालले ११ रन जोड्दा दुवै ओपनरलाई गुमाएको थियो।

यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाल समय अनुसार, विहान ११ : ४५ बजेबाट भइरहरेको छ ।  नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । साउदी अरबविरुद्ध खेलेका प्रतिश जिसीको स्थानमा सोमपाल कामी टिममा फर्किएका छन् ।

नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, ललित नारायण राजवंशी

बेन्च : अनिल शाह, विवेक यादव, प्रतिश जिसी

यूएईको प्लेइङ ११ : मोहम्मद वासिम (कप्तान), आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, र विष्णु सुकुमारान ।

बेन्च : राहुल भाटिया, राजा अकिफ, टानिश सुरी